२२ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

भोटेकोशी बाढी : जातीय सद्‍भाव खलबल्याएको आरोपमा एकजना पक्राउ

रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि खुशी हुँदै भिडियो बनाएको आरोपमा एक युवक पक्राउ परेका छन्।

नेपाल प्रहरी साइबर ब्यूरोले शनिबार बैतडीको सुर्नया गाउँपालिका-७ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका-१२ बलम्बु बस्ने २४ वर्षीय बिरेन्द्र मडैलाई पक्राउ गरेको हो।

उनीमाथि बाढीपछि विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमान गर्ने तथा बाढीबाट भएको विपत्तिमा खुशी मनाएको आरोप छ। उनले बाढीबाट भएको जनधनको क्षतिसम्बन्धी विभिन्न जातजातिलाई लक्षित आपत्तिजनक सामग्री फेसबुक रिलमार्फत प्रसारण गरेका थिए। 

मडैविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

प्रकाशित: २२ भाद्र २०८३ ११:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App