१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

भोटेकोशी बाढी : केरुङमा रोकिएका १२५ नेपालीलाई चीनले स्वदेश फर्काउँदै

भोटेकोशी बाढीका कारण चीनको केरुङमा अड्किएका नेपाली आज (बिहीबार) स्वदेश फर्किँदै छन्।

भदौ १० गते भोटेकोशी खोलामा आएको विनाशकारी बाढीका कारण केरुङमा अड्किएका नेपाली आज स्वदेश फर्किन लागेका हुन्। उनीहरूलाई चिनियाँ पक्षले नेपाल फर्काउन लागेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए। 

चिनियाँ पक्षले आज १२५ जना नेपालीलाई दूतावासमार्फत नेपाल फर्काउन लागिएको अधिकारीले बताए।

प्रकाशित: १८ भाद्र २०८३ ०८:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App