२० भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालबाट ४८ घाइते डिस्चार्ज, २५ जनाको उपचार हुँदै

रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परेर घाइते भएकामध्ये ४८ बिरामी उपचारपछि डिस्चार्ज भएका छन्।

त्रिवि शिक्षण अस्पतालका प्रवक्ता डा गोपाल सेढाईँले अस्पतालमा ल्याइएका ७४ घाइतेमध्ये ४८ जना उपचारपछि डिस्चार्ज  भएको जानकारी दिए। यस्तै, उक्त अस्पतालमा हाल २५ जनाको उपचार भइरहेको छ।

उपचार भएकामध्ये दुई जनाको आईसियु र दुई जनाको हाई केयरमा राखेर उपचार भइरहेको प्रवक्ता डा सेढाईँले बताए। यस्तै, अस्पतालमा ल्याएका एक घाइतेको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेका छन्।

प्रकाशित: २० भाद्र २०८३ ०६:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App