१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

त्रियुगाको बाढीले बेल्टार-फत्तेपुर, सुन्दपुर-हँडिया सडक अवरुद्ध

फाइल तस्बिर

निरन्तर वर्षाले बेल्टार, फत्तेपुर, हँडिया, सुन्दरपुरमा यातायात सेवा अवरुद्ध भएको छ। त्रियुगा नदीमा आएको बाढीले चौदण्डीगढी नगरपालिका क्षेत्रका ती सडकमा क्षति पुर्‍याएको हो।

बाढीले चौदण्डीगढी नगरपालिकाको वडा नं ९ ज्यामिरेदेखि वडा नं १० हँडिया र वडा नं ५ को सुन्दरपुर जोड्ने सडक भत्काएको छ भने सो क्षेत्रको खोलामा अस्थायी पुलका रूपमा राखिएका ह्युमपाइपमा समेत क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार बाढीले चौदण्डीको बेल्टार–फत्तेपुर सडकमा क्षति गरेको छ। यस क्षेत्रका अस्थायी सडकमा राखिएका ह्युमपाइप बाढीले बगाएको छ।

सूचना अधिकारी दोङका अनुसार निरन्तर वर्षा भइरहेका कारण अवरुद्ध सडक मर्मत गर्न समस्या भइरहेको छ।

प्रकाशित: १६ कार्तिक २०८२ १०:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App