३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

कुटनीतिक पहल मार्फत बीबीसीको भिडियो हटाइने

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मुखमा बीबीसीले प्रशारण गरेको जेन्जी आन्दोलन सम्बन्धी भिडियो हटाउन कुटनीतिक पहल थालिएको बताएका छन्। 

शुक्रबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै उनले बीबीसीले प्रशारण गरेको नेपालको जेन्जी आन्दोलन सम्बन्धी भिडियो हटाउन कुटनीतिक पहल थालिएको जानकारी दिएका हुन् ।  

बीबीसीले प्रशारण गरेको भिडियोका विषयमा नेपाली कानुन अनुसार कार्वाही सम्भव नभएका कारण कुटनीतिक पहल थालिएको उनको भनाइ छ । उनले भने, 'उक्त भिडियो हटाउन नेपाली कानुन अनुसार नमिल्ने भएकाले कुटनीतिक पहल मार्फत संभवतः आजै भिडियोमाथि कार्वाही अघि बढ्छ ।'  

भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी माथिको कार्वाही फागुन २० गते भित्रै गरिसक्ने स्पष्ट पारे। आयुक्त भण्डारीले १ सय ६५ वटा निर्वाचन क्षेत्रमा परेका १ हजार उजुरी माथि कार्वाही गरिसकेको निर्वाचन आयोगमा रिपोर्ट आएको जानकारी दिए ।

अन्य उजुरीका विषयमा पनि निर्वाचन अगाडि नै कार्वाही गरिने उनको भनाइ छ। उनले निर्वाचन आयोगमा परेका २५ वटा उजुरीका विषयमा फागुन १४ गते आयोगले कार्वाही प्रक्रिया अघि बढाएको बताए । अरु उजुरी परेको अवस्थामा पनि ती उजुरीहरू माथि विश्लेषण, छानविन र कार्वाही अघि बढाइने निर्वाचन आयोगले जनाएको छ।   

प्रकाशित: १५ फाल्गुन २०८२ १९:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App