२६ मंसिर २०८२ शुक्रबार
image/svg+xml
समाज

संरक्षणको पर्खाइमा बारील झरना

संरक्षण अभावमा रहेको बारील झर्ना । तस्बीर: जगत खड्का

हेर्दा आकर्षक र लोभ लाग्ने बारील झर्ना उचित प्रचार प्रसार र संरक्षणको अभावमा रहेको छ ।

जय पृथ्बी नगरपालिका ९ बारीलमा रहेको बारील झरना सदरमुकाम चैनपुर नजिकै रहेको भए पनि स्थानीय सरकार सँगै प्रदेश र केन्द्र सरकारले बेवास्ता गरेको कारण संरक्षण हुन सकेको छैन ।

हाम्रो पहुँच छैन आफैले गर्ने सकिँदैन स्थानीय सरकारदेखि केन्द्रीय र प्रदेश सरकारले बेवास्ता गरेको छन् ।अरु ठाउँमा भए अहिले सम्म आन्तरिक तथा बाह्र पर्यटक को घुइँचो लागेर स्थानीयले रोजगारी पाई आर्थिक उन्नतिर बिकास भएको हुन्थ्यो हामीलाई भने खुसी भन्दा बोझ भएको स्थानीय पुरन गिरीले भने। उनले भने,'रातो दिन सुसाई रहन्छ । माथिल्लो गाउँबारीलकाले मरेका पशु चौपाया झरनामा फाँक्ने  गरेका छन्।'

सानो छदा गोठालो गएर बारिल झरनानजिक बसेर झरनाको सुसेरासंगै विभिन्न भाकामा गीत गाउँदा निकै आनन्द आउने हुन्थ्यो मनको बह पोख्दा मन हलुका हुने गरेको भएपनि पछिल्लो समयमा झरनाको बिषयमा कसैले चासो नदिँदा जस्ताको त्यस्तै रहेको जय पृथ्वी नगरपालिका ९ का सेला खेतका गंगा धामीको भनाई छ ।

अहिले झरनाको माथिपटिका रुख काटेर उजाड छन् । संरक्षणको माग राख्दै पर्यटक स्थलको रुपमा घोषणा गरिनु पर्छ भनेर नगरपालिकामा दुई पटक गाउँले गए पनि कसैले कुरा नसुनेको स्थानीयको आरोप छ ।

बारील झरना आफ्नो घर नजिकै छ।यसको संरक्षण गर्न बिरुवा रोपेर सामुदायिक बनमा लैजाने नीति बनाएको भएपनि स्थानीय सरकारको सुनुवाइ नगरे पछि वितृष्णा आएको नवराज कोइरालाको भनाई छ  ।

सदरमुकाम चैनपुर  देखि १५ मिनेटको दुरीमा रहेको बारील झरना कसैको पनि आँखा नलाग्दा  वर्षौदेखि जस्तोको त्यस्तै छ। झर्ना  हेर्न र मनोरञ्जन लिन पुगेकाहरू पनि कुनै पनि व्यवस्था नहुँदा फिर्ता हुने गरेका छन् ।

प्रकाशित: २१ श्रावण २०८२ ११:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App