जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आतिशबाजी, पटका, भूइँचम्पा जस्ता कुनैपनि बिष्फोटक पर्दाथको खरिद,बिक्री, ढुवानी र प्रयोगमा रोक लगाएको छ । शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले एक सूचना जारी गर्दै सम्भावित आगलागी समेतलाई ध्यानमा राखी आतिशबाजी, पटका, भूइँचम्पा जस्ता कुनैपनि बिष्फोटक पर्दाथको खरिद, बिक्री, ढुवानी र प्रयोगमा रोक लगाईएको जानकारी दिएकी छन् ।
स्थानीय प्रशासनले देउसी भैलोसहितका सांस्कृतिक कार्यक्रम मर्यादित, अनुशासित र सामाजिक सद्भावलाई खलल पार्ने प्रकृतिको हुन नहुनेतर्फ सबैलाई सचेत गराएको छ । यसअघि दशैंभन्दा अघि समुदायलाई सचेत पार्दै जारी भएको सूचनामा देउसी भैलोका कार्यक्रम बेलुकी ९ बजेसम्ममात्र हुने भनिएकोमा शुक्रबार जारी सूचनामा भने देउसी भैलोको समय तोकिएको छैन ।
सार्वजनिक स्थलमा भिडभाड, होहल्ला र हुलदंगा हुन नदिन सबैलाई सचेत पार्दै स्थानीय प्रशासनले यदि सूचना प्रतिकुल कार्य भए कडा भन्दा कडा कारवाही गर्ने चेतवानी दिएको छ । चाडपर्वको बहानामा कुनैपनि धार्मिक,जातीय तथा समाजिक सद्भावमा खलल पर्ने कुनैपनि कार्य नगर्न नगराउन प्रशासन कार्यालयले सचेत गराएको छ ।
प्रकाशित: ३१ आश्विन २०८२ १६:५७ शुक्रबार


-600x400.jpg)


