४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

अब मत परिणाम नआएसम्म मादक पदार्थको बिक्री वितरणमा रोक

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले फागुन २१ गतेको निर्वाचनको मत परिणाम घोषणा नभएसम्मका लागि मादक पदार्थको बिक्री वितरण तथा सेवनमा प्रतिवन्ध गरेको छ ।  

सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै जिल्ला निर्वाचन सुरक्षा समितिको निर्णय अनुसार निर्वाचनको मत परिणाम घोषणा नभएसम्मका लागि मादक पदार्थको बिक्री वितरण तथा सेवनमा प्रतिवन्ध गरेको जानकारी दिए ।  

जिल्ला निर्वाचन सुरक्षा समितिको निर्णय प्रतिकुल हुनेगरी मादक पदार्थको बिक्री वितरण तथा सेवन गरेको पाईएमा कानुन बमोजिम कारवाही हुने समेत प्रशासन कार्यालयले जनाएको छ ।  

निर्वाचनलाई स्वच्छव, स्वतन्त्र, निश्पक्ष, मर्यादित, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न फागुन २१ गतेको निर्वाचनको मत परिणाम घोषणा नभएसम्मका लागि मादक पदार्थको बिक्री वितरण तथा सेवनमा प्रतिवन्ध गरेको प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित: १५ फाल्गुन २०८२ १५:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App