१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ। मुलुकको साक्षरता दर ७६.२ प्रतिशत हुँदा त्यसभन्दा बढी बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको हो।

चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान हुँदा बागमती प्रदेशको ५.४० प्रतिशत रहने अनुमान गरिएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए।

आव २०८२/८३ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन रु ६६ खर्ब नौ करोडमध्ये बागमती प्रदेशको हिस्सा ३६.७ प्रतिशत (अर्थात् रु २४ खर्ब २३ अरब) पुग्ने अनुमान गरिएको छ।

त्यस्तै मुलुकको प्रतिव्यक्ति आय एक हजार ५३५ अमेरिकी डलर रहँदा बागमती प्रदेशको प्रतिव्यक्ति आय सबै प्रदेशभन्दा बढी दुई हजार ६४४ अमेरिकी डलर रहने प्रक्षेपण गरिएको छ। मुलुकको निरपेक्ष गरिबी २०.२७ प्रतिशत र बहुआयामिक गरिबी १७.४ प्रतिशत हुँदा बागमती प्रदेशमा निरपेक्ष गरिबी १२.५९ प्रतिशत र बहुआयामिक गरिबी ७.० प्रतिशत मात्र रहेको सरकारको आव २०८३/०८४ को बजेटमा उल्लेख गरिएको छ। रासस

प्रकाशित: ८ असार २०८३ ०९:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App