२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

गणेशको मृत्युले देशको गम्भीर आर्थिक–राजनीतिक संकट उजागर गरेको बाबुराम भट्टराईको टिप्पणी

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु अत्यन्त दुःखद र गम्भीर घटना भएको बताएका छन्। उनले यो घटनाले एक व्यक्तिको मृत्यु मात्र नभई देशको गहिरिँदै गएको आर्थिक–राजनीतिक संकटलाई उजागर गरेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै भट्टराईले गणेश नेपालीको निधनले लाखौँ नेपाली युवाले भोगिरहेको बेरोजगारी, निराशा र राज्यप्रतिको घट्दो विश्वासलाई सतहमा ल्याएको उल्लेख गरेका छन्।

उनले देशका लाखौँ युवालाई बेरोजगार बनाउने संरचनागत समस्याको दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिँदै तत्कालीन समस्यालाई टालटुल गर्ने प्रवृत्तिले अवस्था झन् जटिल बन्दै गएको बताएका छन्। राज्यले गम्भीर संकटको दिगो समाधान खोज्नुको सट्टा त्यसलाई अस्थायी रूपमा ढाकछोप गर्न खोजेको आरोप पनि उनले लगाएका छन्।

भट्टराईले गणेश नेपालीको घटनालाई केवल व्यक्तिगत दुर्घटनाका रूपमा नभई राज्यको नीति, आर्थिक अवस्था र युवाको भविष्यसँग जोडिएको गम्भीर संकेतका रूपमा लिनुपर्ने उल्लेख गर्दै सबै पक्षलाई यस विषयमा गम्भीर बन्न आग्रह गरेका छन्। उनले यस्ता घटना पुनः दोहोरिन नदिन राज्यले युवाको रोजगारी, सुशासन र जनविश्वास पुनःस्थापित गर्ने दिशामा ठोस कदम चाल्नुपर्ने धारणा व्यक्त गरेका छन्।

प्रकाशित: २६ असार २०८३ १५:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App