काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ।
आफ्नै घरको भान्साकोठामा शरीरमा आगो लगाएका राउतलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्याएको थियो।
अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेका बेला उनको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले नागरिकलाई जानकारी दिए।
प्रहरीका अनुसार राउतको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो।
श्रीमती र छोरासँग बुद्धनगरमा बस्दै आएका राउतले आत्मदाहको प्रयास किन गरे भन्ने कारण हालसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: २७ असार २०८३ १७:१३ शनिबार

