काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोड क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
बुधबार दिउँसो नियमित सुरक्षा गस्तीमा रहेको प्रहरी टोलीले ८ लाख ६१ हजार ५ सय रुपैयाँसहित ती युवकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको लोकन्थली बस्ने २६ वर्षीय सविन तिमल्सिना रहेका छन्।
काठमाडौं महानगरपालिका-२२ स्थित न्यूरोडको भिडभाडपूर्ण क्षेत्रमा शङ्कास्पद रूपमा हिँडिरहेका तिमल्सिनालाई प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले खानतलासी गर्दा उक्त रकम बरामद भएको हो।
प्रकाशित: २८ जेष्ठ २०८३ १३:५२ बिहीबार





