२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

पत्रकार तिवारीमाथि दुर्व्यवहार गर्नेविरुद्ध पक्राउ पुर्जी जारी

पत्रकारमाथि दुर्व्यवहार गर्नेमाथि  रौतहट अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।

रौतहटको फतुवा विजयपुर नगरपालिकाकी कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको छोरालाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी जारी भएको हो।

अम्बेया खातुनका छोरा मोहम्मद सनाउल्लाहविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । सनाउल्लाहले पत्रकार कृष्ण तिवारीमाथि गत साउन ३० मा दुर्व्यवहार गरेका थिए ।

नगरपालिकाको अनियमित कामको विषयमा पत्रकार तिवारीले समाचार लेखेका थिए । समाचार लेखेकै कारण गत साउन ३० मा सनाउल्लाहले तिवारीमाथि सन्तपुर चोकमा दुर्व्यवहार गरेका थिए । पत्रकार तिवारीमाथि फतुवा विजयपुरको नगर सभाको समाचार संकलन गर्न जाने क्रममा दुर्व्यवहार भएको थियो।

दुर्व्यवहारमा परेका तिवारीले इलाका प्रहरी कार्यालय विजयपुरमा सनाउल्लाह विरुद्ध जाहेरी दिएका थिए ।

पक्राउ पुर्जी जारी भएपछि इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरको टोलीले सनाउल्लाहलाई पक्राउ गर्न खोजिरहेको बुझिएको छ ।

यसअघि पनि पत्रकार तिवारीमाथि चिनी मिलको समाचार संकलन गर्ने क्रममा दुर्व्यवहार भएको थियो ।

प्रकाशित: ३ भाद्र २०८२ १७:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App