८ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

सेनाको ‘निष्कर्ष’ : जेनजी प्रदर्शनमा जनता बचाउन सिंहदरबार जोगाएनौं

नेपाली सेनाले भदौ २४ गतेको अराजक अवस्थामा नेपाली सेनाले विशिष्ट व्यक्ति, कूटनीतिज्ञ र सर्वसाधारणको जीवन रक्षालाई पहिलो प्राथमिकता दिएको जनाएको छ।

जंगीअड्डाबाट जारी लेखमा सेनाले जीवन रक्षा कुनै व्यक्ति विशेषको संरक्षण नभई राज्यको आधारभूत कर्तव्य भएको सेनाको भनाइ छ। अवस्था थप व्यापक र अराजक बन्दा जीवन जोगाउने प्राथमिकतासहित संयमित रूपमा उपस्थित भएको र भौतिक पूर्वाधारभन्दा मानवीय जीवन महत्वपूर्ण रहेको स्पष्ट पारेको छ। 

यदि भौतिक संरचना जोगाउन मानवीय क्षतिको मूल्य चुकाएको भए ‘सेनाले सिंहदरबार जोगाउन जनतालाई गोली हान्यो’ भन्ने प्रश्न उठ्ने निश्चित रहेको उल्लेख गर्दै सेनाले संयम अपनाएर थप द्वन्द्व र अस्थिरता रोकेको दाबी गरेको छ। 

सर्वसाधारणले पनि कठिन घडीमा सेनाबाट तत्काल उद्धार र सहयोग पाएको अनुभव सार्वजनिक गरेको र भूकम्पजस्ता विपद्मा मानिस खुला ठाउँमा निस्कने तुलना गर्दै जीवन रक्षालाई प्राथमिकता दिनु स्वाभाविक भएको सेनाको तर्क छ।

यो पनि पढ्नुहोस्

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

प्रकाशित: ७ पुस २०८२ १२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App