सोमबारदेखि सुरु भएको आन्दोलनका क्रममा मंगलबार भौतिक संरचनामा अधिक क्षति पुग्यो। प्रधानमन्त्रील केपी शर्मा ओलीसहित मन्त्रीहरूले राजीनामा पनि दिए। नयाँ सरकार बनाउनका लागि सेना र राष्ट्रपतिले निरन्तर वार्ताका लागि आह्वान गरिरहेका छन्।
यसबिच प्रदर्शनकारीलाई पनि घर फर्किन भनिएको छ। तर पनि काठमाडौंमा अवस्था सामान्य भएन। त्यसपछि काठमाडौंका सडकमा नेपाली सेनाले राति १० बजेदेखि गस्ती तीव्र पारेको छ। रातको समयमा लुटपाट बढेपछि विभिन्न ठाउँबाट २६ जनालाई पक्राउ पनि गरियो।
सेनाले सर्वसाधारणलाई बिनाकाम बाहिर ननिस्कन आग्रह गर्दै मानिसहरुलाई घर फर्काइरहेको छ। आकस्मिक सेवामा संलग्नलाई भने परिचयपत्र र सोधपुछका आधारमा हिँडडुल गर्न दिइएको छ। प्रदर्शनकारीले आगजनी गरेको सिंहदरबार, सर्वोच्च अदालतलगायत भवनमा सर्वसाधारणको प्रवेश निषेध गरिएको छ।
प्रकाशित: २५ भाद्र २०८२ ०७:४२ बुधबार

