२० माघ २०८२ मंगलबार
image/svg+xml
समाज

प्रधानसेनापतिद्वारा सैनिक अड्डाहरू निरीक्षण

प्रधानसेनापति अशोक राज सिग्देलले हेटौंडास्थित मध्य पृतना हेडक्वार्टर र मकवानपुरको चनवनमा रहेको बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन्।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति सिग्देलले शुक्रबार मध्य पृतना हेडक्वार्टरको निरीक्षण गरेका हुन्।

निरीक्षणका क्रममा उनले उक्त पृतनाको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति बारे जानकारी लिएका थिए। साथै, उनले सकलदर्जालाई सम्बोधन गर्दै आवश्यक निर्देशन समेत दिए।

निरीक्षण भ्रमणकै निरन्तरतास्वरुप प्रधानसेनापति सिग्देलले आज शनिबार मकवानपुरको चनवनस्थित श्री नं. ७ बाहिनी अड्डाको समेत निरीक्षण भ्रमण गरेका हुन्।

प्रकाशित: २१ भाद्र २०८२ १६:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App