१ वैशाख २०८३ मंगलबार
image/svg+xml
समाज

प्रधान सेनापतिद्वारा दुई उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान

सहायक रथी पदमबहादुर बुढा र सहायक रथी पवन खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। 

जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उपरथी दर्जामा पदोन्नति भएका उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। 

प्रधान सेनापति अशोक राज सिग्देलले शुक्रबार बिहान जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच उनीहरूलाई उक्त चिन्ह प्रदान गरेका हुन्।

गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुवैलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। 

प्रकाशित: २७ चैत्र २०८२ ११:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App