३ कार्तिक २०८३ मंगलबार
image/svg+xml
समाज

सशस्त्र प्रहरीले तीन दिन निःशुल्क बस सञ्चालन गर्ने

सशस्त्र प्रहरी बल (एपीएफ)ले दसैँको अवसरमा काठमाडौं उपत्यकाभित्र २ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ।

दसैँको बेला सार्वजनिक यातायातहरू कम चल्ने हुँदा सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि एपीएफले निःशुल्क बस सेवा सञ्चालन गरेको हो।

निःशुल्क बस सेवा आजबाट बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म लगातार ३ दिन सञ्चालन हुने व्यवस्था मिलाइएको एपीएफका प्रवक्ता नेत्र बहादुर कार्कीले जानकारी दिए।

निःशुल्क बस सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट निस्केर बालाजु, नयाँ बसपार्क, कोटेश्वर,सातदोबाटो बल्खु हुँदै चल्नेछ।

प्रकाशित: २ कार्तिक २०८३ १२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App