१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

सीमा स्तम्भको मर्मत गर्दै सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बल नेपालले ताप्लेजुङको उत्तरपूर्वी नेपाल–भारत सीमा क्षेत्रको अनुगमन, सीमा स्तम्भ मर्मत तथा दशगजा क्षेत्रको सफाई गरेको छ ।  

सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाको सहकार्यमा ताप्लेजुङस्थित जिल्ला सुरक्षा निकायका पदाधिकारीको टोलीले अनुगमन तथा भारतीय समकक्षीसँग संयुक्त गस्ती गरेको गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठकले जानकारी दिए ।  

उनका अनुसार ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित टोलीले सिदिङ्वा गाउँपालिका-१ तिम्बुङ पोखरी, सिरिजङ्गा गाउँपालिका- ८ र भारततर्फ सिक्कीमको ग्याल्सिङ जिल्ला लामपोखरी सीमा क्षेत्रको स्थलगत अनुगमन गरेको हो ।  

अनुगमनको क्रममा भारतीय सीमा सशस्त्र बल(एसएसबी)बिच सीमा सुरक्षाका लागि संयुक्त गस्ती गरी जीर्ण अवस्थाका सीमा स्तम्भको मर्मत तथा रंगरोकन गरी दशगजा क्षेत्रमा सफाई गरिएको छ ।  

 

प्रकाशित: २४ कार्तिक २०८२ १६:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App