१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

हृदयघातले सशस्त्र प्रहरीका डिएसपीको मृत्यु

सशस्त्र प्रहरी बलको इलाम पशुपतिनगर गुल्मका डिएसपी प्रकाश कोइरालाको हृदयघातका कारण मृत्यु भएको छ । बुधबार बिहान सीमावर्ती क्षेत्र मानेभञ्ज्याङमा पेट्रोलिङ गरी फर्केका उनी कार्यालय आएपछि अकास्मात् ढलेका थिए ।  

उपचारका लागि उनलाई स्थानीय पशुपतिनगर स्वास्थ्य केन्द्रमा लगिएपनि त्यहाँ उपचार सम्भव नभएपछि फिक्कल अस्पताल लगिएको थियो । चिकित्सकले बिरामीको अवस्था निकै गम्भीर भएको जनाएपछि मुटुरोग विशेषज्ञसहितको हेकिप्टर मगाइएको थियो ।  

फिस्टेल एयरको हेलिकप्टरमा काठमाडौंस्थित सशस्त्र प्रहरी अस्पताल लगिएका कोइरालालाई चिकित्सकले बुधबार साँझ ६ बजेतिर मृत घोषित गरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । उनी एक साताअघिमात्रै यहाँ गुल्मपतिको जिम्मेवारी सम्हाल्न आएका थिए ।  

 

प्रकाशित: १६ पुस २०८२ २०:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App