भोटेकोशी बाढीपछि विभिन्न स्थानबाट २४१ जना नेपाली नागरिकहरूको हवाई उद्धार गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार श्री नम्बर १ सैन्य तालिम केन्द्र, त्रिशुलीमा हालसम्म विभिन्न स्थानबाट २४१ जना नेपाली नागरिकहरूको हवाई उद्धार गरिएको छ।
उद्धार गरिएका नागरिकहरूमा महिला, पुरुष तथा बालबालिका समेत रहेका छन्। उद्धार पश्चात उनीहरूलाई सुरक्षित रूपमा उक्त तालिम केन्द्रमा राखिएको छ र आवश्यक राहत तथा व्यवस्थापनको काम भइरहेको छ।







प्रकाशित: ११ भाद्र २०८३ १६:३७ बिहीबार



-600x400.jpg)

