३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

चौतर्फी आलोचना भएपछि श्रृंखलाले मुख खोलिन: मेरो सफलता बाबुको मन्त्री पदसँग जोडिएको छैन

नेपोकिड ट्रेन्डमा मुछिएपछि लामो समयदेखि मौन बसेकी पूर्वमिस नेपाल श्रृंखला खतिवडाले अन्ततः आफ्नो भनाइ सार्वजनिक गरेकी छन्। सामाजिक सञ्जालमा फैलिएको भ्रष्टाचारविरोधी आन्दोलनमा आफ्नो तस्बिर दुरुपयोग भएको भन्दै उनले आफ्नो सम्पूर्ण सफलता र जीवनशैली व्यक्तिगत कमाइले आर्जन गरेको दाबी गरेकी छन् ।  

सामाजिक संञ्जालमार्फत खतिवडाले आफू जेन जी पुस्ताले सुरु गरेको भ्रष्टाचारविरोधी आन्दोलनको कोल्याटरल ड्यामेज बनेको बताएकी छन्। नेताका छोराछोरीको विलासी जीवनशैली देखाउँदै सुरु भएको यो आन्दोलनमा आफ्नो तस्बिर प्रयोग हुँदा आन्दोलन थप शक्तिशाली बनेको उनको भनाई छ ।  

आफूलाई सेल्फ मेड पर्सन बताउँदै खतिवडाले आफ्नो हार्वर्ड विश्वविद्यालयको पढाइको खर्च आफैंले जुटाएको प्रमाणसहित खुलासा गरेकी छन्। मिस नेपाल भएपछि विभिन्न ब्रान्ड, विज्ञापन र सार्वजनिक कार्यक्रमबाट कर कटाएर ३ करोड १२ लाख रुपैयाँ कमाएको बताएकी छन् । त्यसमध्ये करिब १ करोड ५० लाख रुपैयाँ हार्वर्डको पढाइमा खर्च भएको र बाँकी रकम आफ्नै खातामा भएको बताएकी छिन् ।  

हार्वर्डमा प्रवेश गर्दा आफ्ना बुबा मन्त्री नै नभएको उल्लेख गर्दै उनले बाबु मन्त्री भएकै कारणले यो अवसर प्राप्त भएको कुरा निराधार रहेको दावी उनको छ ।

प्रकाशित: २ आश्विन २०८२ २१:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App