११ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

ताप्लेजुङमा मौसमी जोखिमबाट बच्न प्रशासनको अपिल

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले मौसमी जोखिमबाट सतर्क रहन आग्रह गरेको छ।

उच्च हिमाली क्षेत्रका बासिन्दा, पदयात्री र विदेशी पर्यटकलाई जोखिमबाट सुरक्षित रहन आग्रह गरिएको हो। प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले वर्षा र हिमपातले ज्यानै जान सक्ने भएकाले सावधानी अपनाउन भनेका छन्।

प्रशासनले जल तथा मौसम विज्ञान विभागको बुलेटिन उल्लेख गर्दै जोखिमबाट बच्न आग्रह गरेको छ। विभागले बुधबारसम्म वर्षा र हिमपातको सम्भावना रहेको बुलेटिन जारी गरेको छ। ताप्लेजुङमा कञ्चनजङ्घा हिमालसहितका पर्यटकीय गन्तव्य छन्।

अहिले पर्यटकीय सिजन भएकाले हिमपातको जोखिमले पर्यटक बढी प्रभावित हुन सक्ने भन्दै प्रशासनले सतर्कता अपनाउन भनेको छ। कञ्चनजङ्घा, पाथीभारा र अन्य तीर्थस्थल भ्रमण गर्ने पर्यटक, पदयात्री र तीर्थयात्रीलाई सेढाईंले सतर्क रहन आग्रह गरेका छन्।

हिमाली क्षेत्रका बासिन्दालाई वर्षा, हिमपात र चिसोबाट जोगिन सावधानी अपनाउन प्रशासनले भनेको छ।

प्रकाशित: ११ कार्तिक २०८२ १२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App