नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले गणतन्त्र दिवस जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको बताएका छन्।
उनले गणतन्त्र दिवसको अवसरमा जनताको अदम्य साहस र लोकतान्त्रिक चेतनाको गौरवपूर्ण स्मरण गराउने भन्दै यस दिवसले राष्ट्रिय सार्वभौमसत्ता, लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन तथा नागरिक अधिकारप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको बताएका हुन्।
उनले नेपाल प्रहरी, संविधान, कानुन तथा मानवअधिकारको मर्म र भावनालाई आत्मसात् गर्दै राष्ट्रको शान्ति सुरक्षा, सुशासन, सामाजिक सद्भाव र सुरक्षाप्रति प्रतिबद्ध रहने भन्दै प्रहरी संगठन व्यावसायिक, अनुशासित, नागरिकमैत्री तथा उत्तरदायी सेवामार्फत राष्ट्र र जनताको सेवामा अझ समर्पित रहने बताएका छन्।
प्रकाशित: १५ जेष्ठ २०८३ ११:४१ शुक्रबार





