१६ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

बेलौरीका आचार्य सामुदायिक वनमा मृत फेला

बेलौरी नगरपालिका–५ बन्तरियास्थित पुष्पलाल सामुदायिक वनमा ६५ वर्षीय श्रीप्रसाद आचार्य मृत अवस्थामा फेला परेका छन् ।

आज बिहान बेलौरीबाट कलुवापुरतर्फ जाने पक्की सडकखण्डमा स्थानीयवासीले बेवारिसे अवस्थामा साइकल फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीको टोलीले खोजतलास गर्दा सडकदेखि करिब २०० मिटर टाढा पुष्पलाल स्मृति सामुदायिक वनभित्र आचार्यको शव फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा शवको अवस्था हेर्दा हात्तीको आक्रमणबाट मृत्यु भएको जस्तो देखिएको छ ।  

शवको सनाखतपछि मृतक कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका–३ बुटाबारी निवासी रहेको खुल्न अएको छ । मृतकका छोरा निर्मल आचार्यले शवको पहिचान गरेका हुन् । घटनास्थलमा प्रहरी टोलीले आवश्यक मुचुल्का उठाइ शवलाई परीक्षणका लागि पठाएको छ ।

 

प्रकाशित: ३ कार्तिक २०८२ १५:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App