५ असार २०८३ शुक्रबार
image/svg+xml
समाज

बैतडीमा दुर्घटना अपडेट : एक जनाको मृत्यु, १० जना घाइते

बैतडीको दशरथचन्द राजमार्गअन्तर्गत साईलक क्षेत्रमा बुधबार साँझ यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६४६ नम्बरको बस साँझ करिब ५ बजेर ४० मिनेटमा दशरथचन्द नगरपालिका–४ को साईलक क्षेत्रमा अनियन्त्रित भई सडकबाट करिब २५ देखि ३० मिटर तल खसेको हो ।

दुर्घटनामा परी दशरथचन्द नगरपालिका–६ निवासी ३५ वर्षीय वीरेन्द्र बहादुर चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी नायब उपरीक्षक दीपक कुमार रायको नेतृत्वमा २५ जनाको टोली घटनास्थल पुगेर उद्धार कार्य गरेको थियो ।  

बसमा चालकसहित १२ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ । घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको छ भने एक जनाको अवस्था मध्यम रहेको बताइएको छ ।  

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित: ५ असार २०८३ १९:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App