२ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

मर्स्याङ्दी नदी किनारमा बेवारिसे शव फेला

तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ढापटारस्थित मर्स्याङ्दी नदी किनारमा आज बिहान एक शव फेला परेको छ।  

नाम, थर र वतन नखुलेको अन्दाजी ३०/३५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।  

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले घटनाको अनुसन्धान भइरहेको र मृतकको सनाखत गर्ने प्रयास गरिएको जानकारी दिए। रासस

प्रकाशित: ७ भाद्र २०८२ ०९:३८ शनिबार