२ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

मुस्ताङमा गुडिरहेको टिप्परबाट खस्दा एक युवकको मृत्यु

मुस्ताङको घरपझोङ गाउँपालिकामा गुडिरहेको टिपरको ढालाबाट खसेर गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा रोल्पाको लुङ्ग्री गाउँपालिका-३ का २३ वर्षीय हरिबहादुर पुन रहेका छन्।

जोमसोमबाट मुक्तिनाथतर्फ जाँदै गरेको बा.प्र. ०१-००४ क २७०१ नम्बरको टिपरको ढालाबाट खस्दा घरपझोङ गाउँपालिका-४ पुच्छर ढोङमा मंगलबार बिहान करिब ११ बजे पुन घाइते भएका थिए।

दुर्घटनालगत्तै उद्धार गरी उनलाई उपचारका लागि प्रदेश अस्पताल जोमसोम पुर्‍याइएकोमा उपचारकै क्रममा दिउँसो १२:३२ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा संलग्न टिपर र चालकलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको छ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ भाद्र २०८३ १६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App