मुस्ताङको घरपझोङ गाउँपालिकामा गुडिरहेको टिपरको ढालाबाट खसेर गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा रोल्पाको लुङ्ग्री गाउँपालिका-३ का २३ वर्षीय हरिबहादुर पुन रहेका छन्।
जोमसोमबाट मुक्तिनाथतर्फ जाँदै गरेको बा.प्र. ०१-००४ क २७०१ नम्बरको टिपरको ढालाबाट खस्दा घरपझोङ गाउँपालिका-४ पुच्छर ढोङमा मंगलबार बिहान करिब ११ बजे पुन घाइते भएका थिए।
दुर्घटनालगत्तै उद्धार गरी उनलाई उपचारका लागि प्रदेश अस्पताल जोमसोम पुर्याइएकोमा उपचारकै क्रममा दिउँसो १२:३२ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनामा संलग्न टिपर र चालकलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको छ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २ भाद्र २०८३ १६:१० मंगलबार





