जुम्लाको पातारासी गाउँपालिका–१ मा ट्याक्टरको ठक्करबाट एक किशोरको घटनास्थलमै मृत्यु भएको छ।
शुक्रबार दिउँसो करिब साढे ५ बजे पातारासी–१ स्थित सेलागढी गाउँ नजिकै ढुङ्गा बोकेर गइरहेको ट्याक्टरले ठक्कर दिँदा स्थानीय १५ वर्षीय नन्दराम बुढाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिनबाबु रेग्मीका अनुसार मृतक किशोर पातारासी गाउँपालिका–२ का बासिन्दा हुन्।
पैदल हिँडिरहेको अवस्थामा कर्णाली प्रदेश ०२–००१ ट ०१३८ नम्बरको ट्याक्टरले उनलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर चोट लागेका बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै ट्याक्टर चालक फरार भएका छन्। प्रारम्भिक जानकारी अनुसार चालक पातारासी–५ का बासिन्दा भएको बुझिए पनि उनको आधिकारिक नाम र वतन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
डिएसपी रेग्मीले फरार चालकको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।
प्रकाशित: १३ मंसिर २०८२ २१:४८ शनिबार





