धनुषाको सबैला नगरपालिका-१२ रघुनाथपुरस्थित मन्दिरमा सुतिरहेको अवस्थामा एक व्यक्तिको हत्या भएको छ। हंसपुर नगरपालिका-३ मलहनियाका अन्दाजी ४५ वर्षीय बन्ठु राउत गडेरीको बिहीबार राति हत्या भएको हो।
मन्दिरभित्र सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गर्दा उनको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हत्यामा संलग्नको खोजीकार्य भैरहेको छ।
स्थायी घर हंसपुर नगरपालिका भइ दैनिकी ज्यालामजदुरी काम गरी रघुनाथपुरमा बस्दै आएका थिए। स्थानीयका अनुसार गडेरी केही दिनअघि मात्रै भारतको पंजाबबाट आएका थिए। दिनभर ज्याला मजदुरीको काम गरी राति मन्दिरमै बास बसेर पूजापाठको काम गर्थे।
प्रकाशित: १५ श्रावण २०८३ १०:४६ शुक्रबार





