३० कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

गेस्टहाउसमा एक व्यक्ति मृ`त फेला, अनुसन्धान सुरु

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका-३ झुल्नेटास्थित एक गेस्टहाउसको कोठामा एक व्यक्ति मृत अवस्थामा फेलापरेका छन्।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका-३ माछिमी निवासी अन्दाजी ३९ वर्षीय राजेन्द्र केसी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी हेमन्त गिरीका अनुसार केसीले शनिबार त्रिवेणी गेस्टहाउस एन्ड रेस्टुरेन्टमा साँझ खाना खाएर सुतेका थिए। कोठाको ढोकाभित्रबाट बन्द रहेको र झ्यालबाट हेर्दा केसी ओछ्यानमा सुतिरहेको अवस्थामा देखिएपछि सञ्चालकले बोलाउँदा कुनै प्रतिक्रिया नदिएपछि प्रहरीलाई खबर गरिएको थियो।

स्थानीय जनप्रतिनिधि तथा आफन्तको रोहबरमा प्रहरीले कोठाको ढोका खोली हेर्दा केसी मृतावस्थामा फेलापरेको प्रहरी निरीक्षक गिरीले जानकारी दिए। केसीको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ। रासस

प्रकाशित: ३० कार्तिक २०८३ ०६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App