रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ दरखसवाबाट हराएकी १० वर्षीया बालिका सकुशल फेला परेकी छन्।
बालिका हराएको सूचना पाएपछि प्रहरीले खोजतलास गर्ने क्रममा असोज १६ गते तिलोत्तमा १० स्थित चक्रहवा जंगलबाट उनलाई सकुशल फेला पारेको हो।
बालिका अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले तिलोत्तमा १० शान्तिनगरका अन्दाजी २७ वर्षीय युवराज थारुलाई नियन्त्रणमा लिन खोज्दा गोली चलाएको छ।
असोज १८ गते राति तिलोत्तमा १७ दरखसवास्थित धानबारीबाट थारुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले उनको घुँडामुनि गोली प्रहार गरेको हो।
गोली लागेर घाइते भएका थारुको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १८ आश्विन २०८३ १४:४० आइतबार





