मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ ।
बिहान ६ः०० बजेको समयमा लोकमार्गको गाईघाट–नेपालटार खण्ड उदयपुरगढी गाउँपालिका ७ अँधेरीमा ट्रक आफै अनियन्त्रित भई सडक किनारमा पल्टेर दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका ४ बगाहाका ३५ वर्षीय विश्वकर्माकाे मृत्यु भएको हाे।
काठमाडौंबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९२६० नं. को ट्रक आफै अनियन्त्रित भई सडक किनारमा पल्टेर दुर्घटना हुँदा विश्वकर्मा गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा परि शरीरका विभिन्न भागमा चोटपटक लागेका उनलाई तत्काल उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल गाईघाट ल्याइएको थियो । तर, उपचारकै क्रममा बिहान ८ः३० बजे चिकित्सकले बिकलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला र स्थानीय संगम चोकस्थित प्रहरी चौकीबाट खटेको संयुक्त टोलीले घटनास्थलको सर्जमिन मुचुल्का गरी कानुनी प्रक्रिया पुरा गरेको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ ।
घट्नाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोङले बताए ।
प्रकाशित: १५ श्रावण २०८२ १४:५४ बिहीबार





-600x400.jpg)