१६ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

जनकपुरमा शनिबार बिहान सद्भाव र्‍याली निकालिने

जनकपुरधाममा शनिबार हिन्दु–मुस्लिम समुदाय मिलेर सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको छ।

शुक्रबार प्रमुख जिल्ला अधिकारीले बोलाइएको सर्वपक्षीय बैठकले भोलि जनकपुरधाम उपमहानगरपालिका–१ स्थित स्टेशनबाट बिहान ८ बजे सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकार प्रेमप्रसाद लुइँटेलले बोलाइएको बैठकमा हिन्दु मुस्लिम समुदाय धार्मिक अगुवा तथा विभिन्न राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिहरुको सहभागी थिए।

सामाजिक स‌द्भाव, शान्ति सुरक्षा र अमनचयन कायम राख सम्पूर्ण धर्म, समुदायका अगुवा, नागरिक समाज, बुद्धिजिवि, राजनीतिक दल, संध संस्था, स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिए।

सामाजिक सञ्जालमार्फत भ्रामक अफवाह फैलाउने, पुराना घटनालाई तोडमोड गरेर प्रचार गर्ने, धर्म तथा सम्प्रदायबीच घृणा र वैमनस्य फैलाउने तथा अमर्यादित टिप्पणी गरेर सामाजिक सद्भाव बिगार्ने गतिविधिलाई निरुत्साहित गर्न सबै पक्षलाई सचेत रहन आह्वान गरेको छ।

उनका अनुसार कर्फ्यु सम्बन्धमा निर्णय गर्न जिल्ला सुरक्षा समितिको बैठक बस्न लागेको हो। जनकपुरमा प्रदर्शन हुन नदिन बिहीबारदेखि जनकपुरमा कर्फ्यु जारी गरेको छ। 

प्रकाशित: १५ श्रावण २०८३ १८:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App