११ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

सडक निर्माणका क्रममा पहरा खस्यो, एक्स्काभेटरसहित चालक पुरिए

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा सडक निर्माणका क्रममा पहरा खस्दा एक्स्काभेटरसहित चालक पुरिएका छन्।

बुधबार बिहान भएको दुर्घटनामा च्यापिएका चालकको अहिले उद्धार प्रयास भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बिहान करिब ९:५० बजे खुदी-भुजुङ सडक खण्डमा काम गर्ने क्रममा दुर्घटना भएको हो।

मर्स्याङ्दी गाउँपालिका–२ स्थित भदौरे नजिकै ढुंगा फुटाउँदै गर्दा एक्कासि माथिबाट खसेको पहराले एक्स्काभेटरलाई च्यापेको थियो।

दुर्घटनामा पुरिएका चालक करिब ३० देखि ३२ वर्ष उमेरका पुरुष रहेको प्रहरीले जनाएको छ। यद्यपि उनको यकिन पहिचान भने खुल्न बाँकी छ।

घटनास्थलमा रहेको सानो मेसिनले च्यापिएको एक्स्काभेटर पन्छाउन नसकेपछि तत्कालको उद्धारमा कठिनाइ भएको थियो।

चालकलाई निकाल्नका लागि अहिले घटनास्थलमा अर्को एक्स्काभेटर पठाइएको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ चैत्र २०८२ १५:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App