१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

करेन्ट लागेर जुम्लामा एकको मृत्यु,एक घाइते

जुम्लामा करेन्ट लागेर एक  जनाको मृत्यु भएको छ। तातोपानी गाउँपालिका वडा नम्बर ५ श्रीनगर गाउँस्थित करेन्ट लागेर एक जना मुत्यु भएको हो। 

मुत्यु हुनेमा १७ वर्षीय राजेश रावत रहेका छन। सोही वाडाका २३ वर्षका शंखु चौलागाई घाइते भएका  छन्। बिजुलीको पोल गाड्ने क्रममा विजुलीको तार छोएपछि करेन्ट लागेर मृत्यु भएको विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले बताए।  

उनले भने, 'यस्तो कार्य गर्ने क्रममा प्राधिकरणलाई खबर गर्नु पर्ने हो। लाइन सटडाउन गर्नु प्रर्थ्यो। खबर नगरी काम गर्दा करेन्ट लागेछ।'  

त्यस्तै घाइते चौलागाइको  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार पछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। प्रहरीका अनुसार मृतकको शव पनि अस्पतालमा पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाएको छ।  

तातोपानी गाउँपालिका  जुम्लाका अध्यक्ष अध्यक्ष नन्दप्रसाद चौलागाईका अनुसार वडाको योजना अनुसार सडक उज्यालो विजुली सौर्य उर्जाको पोल गाड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। उनले भने मृतकका परिवारलाई क्षतिपूर्ति र राहतको प्रवन्ध  गाउँपालिकाले गर्नेछ। उनले भने योजना कार्यन्वयन गर्ने क्रममा एक जना करमजदुरको मृत्यु भयो। यस विषयमा कार्यपालिकामा छलफल गरी राहतका लागि निर्णय गर्ने छौँ।

प्रकाशित: १ मंसिर २०७९ १३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App