१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

तीन दिन भारतीय सीमानाका बन्द हुने

नेपाल भारत सीमानाका तीन दिन बन्द हुने भएको छ। मंसिर ४ गते भइरहेको निर्वाचनको क्रममा मंसिर १ देखि ४ गतेसम्म भारतीय सीमानाका बन्द हुने भएको हो।  

जिल्ला प्रशासन कार्यालय रौतहटले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएका रौतहट जिल्लाका सम्पूर्ण सीमानाकाहरु मंसिर १ गते रातको १२ बजेदेखि मंसिर ४ गते रातको १२ बजेसम्म बन्द रहने जनाएको छ।  

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मणिभूषण साहले पहिले झैँ निर्वाचनको समयमा महत्वपूर्ण तिन दिन सीमानाका बन्द रहने जानकारी गराएका छन्।

प्रकाशित: २९ कार्तिक २०७९ १२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App