१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भूकम्पका घाइतेको उपचार डोटीमा हुँदै

गए रातिको भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ।

घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारका लागि केहीबेरअघि हेलिकप्टरबाट डोटी अस्पताल पुर्‍याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए। सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरूको उद्धार गरेको हो। उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेन्ट समेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको सेनाले जनाएको छ।

गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पबाट डोटीको पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँमा घर भत्किंदा ६ जनाको मृत्यु भएको थियो। उक्त ठाउँमा आठ घर भत्किएर पूर्ण रूपमा क्षति पुगेको छ।

प्रकाशित: २३ कार्तिक २०७९ ०३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App