coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु, एक दर्जनभन्दा बढी घाइते

डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

बुधबार बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर गएको ६.६ म्याग्निच्युटको भूकम्पले  घर भत्किँदा डोटीको पूर्वीचौकी गाउँपालिका-३, गैरागाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय सानागाउँका इन्चार्ज प्रहरी सहायक निरीक्षक नयनसिंह भाटका अनुसार पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा, १३ वर्षीय सीता बोहरा, ४० वर्षीय भगबती बोहरा, ८ वर्षीय हरक बोहरा, १४ वर्षीय धनसरी बोहरा र १४ वर्षीय तुल्सी बोहराको मृत्युु भएको छ भने इन्नरीदेवी बोहरा, धौली बोहरा, किस्ना बोहरा, साना बोहरा र महावीर बोहरा घाइते भएका छन्। भूकम्पले सोही गाउँका ८ घरमा पूर्ण रुपमा क्षति भएको छ।  

घाइतेको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोला भट्टले जानकारी दिए। थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ।  

यस्तै भूकम्पका कारण ग्रामीण भेगका दर्जनौं घरहरू भत्किएका छन्। जिल्लाको सायल गाउँपालिकामा पनि भौतिक क्षति भएको जनाइएको छ।

त्यस अघि पनि राति ९ बजेर ७ मिनेटमा सोही ठाउँलाई केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

प्रकाशित: २३ कार्तिक २०७९ ००:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App