coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डोटीलाई केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। कर्णाली प्रदेशका केही जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको छ।

सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, बैतडी, दार्जुला र डडेल्धुरामा भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन्। कतिपय ठाउँमा भूकम्प लगत्तै सर्वसाधारण घर बाहिर निस्किएका छन्।  

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बेलुका ९ बजेर ७ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दू भएर ५ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको हो। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ। भूकम्पबाट भएको क्षतिबारे कुनै जानकारी नआएको केन्द्रले जनाएको छ। 

प्रकाशित: २२ कार्तिक २०७९ १६:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App