४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

ब्याज वृद्धिको विरोध गर्दै व्यवसायी सडकमा

ब्याजदरको विरोधमा व्यपारी र उद्योगी व्यवसायीहरुसडकमा। तस्बिर : नागरिक

बैंक तथा वित्तीय संस्थाहरुले मनपरी ढंगले ब्याज र विभिन्न शुल्क लिएको भन्दै सिराहाका उद्योगी व्यवसायीहरुले ब्याजदर एक अंकमा झार्न माग गर्दै विरोधमा उत्रेका छन्। 

जिल्ला उद्योग बाणिज्य संघ लहानको आयोजनामा आइतबार व्यवसायीहरुले लहानमा विरोध प्रदर्शन गरेका हुन्। बैंक तथा वित्तीय संस्थाहरुले मनपरी ढंगले ब्याजसहित विभिन्न शुल्क असुलेर आफूहरुलाई व्यवसाय गर्नै नसक्ने अवस्थामा पुर्याएको व्यवसायीहरुको गुनासो छ।

जिल्ला उद्योग बाणिज्य संघ लहानका अध्यक्ष विकास शारडाले बैंक तथा वित्तीय संस्थाहरुको कारणले उद्योगी, व्यवसायी ठूलो मारमा परेको बताए।

'वार्षिक नौ प्रतिशतको दरमा लिएको ऋणको ब्याजदर १६ देखि १८ प्रतितसम्म पुर्याइएको छ,' अध्यक्ष शारडाले भने, 'यस्तो अवस्थामा कसरी व्यवसाय गर्न सकिन्छ र ?'

बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक मन्दी, तरलता अभावजस्ता विषय देखाएर व्यसायीलाई समयमा ऋण नदिने, मनपरी ढंगले ब्याजदर तोक्ने गरेको जिल्ला उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष अशोक अमात्यले गुनासो गरे। 'बैंकहरुले यस्तो अवस्थामा पनि गुणात्मक रुपमा मुनाफा कमाइरहेका छन्,' उनले भने, 'विभिन्न बहानामा व्यवसायीमाथि व्याजको भार बढाएर नियामक निकायहरु बैंकलाई नै बलियो बनाउने र व्यवसायी मार्ने खेलमा लागेका छन्।'

प्रकाशित: २० कार्तिक २०७९ १२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App