१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कपिलवस्तुमा जुवाको खालबाट ६ भारतीयसहित १२ जना पक्राउ

कपिलवस्तुको सिमावर्ती क्षेत्र सुद्धोदन गाउपालिका ५ शिवलवा स्थित स्थानीय महेश बानियाको घरमा जुवाको खालबाट ६ भारतीय सहीत १२ जना जुवाडे पक्राउ परेका छन।  

गत कार्तिक ८ गते उनीहरु पक्राउ परे पनि प्रहरीले शनिबार मात्र सो घटनाको विवरण बाहिर ल्याएको हो। कार्तिक ८ गते दिउँसो ढाई बजे ईलाका प्रहरी कार्यालय पकडीबाट गएको प्रहरीले टोलीले छापा हानी ५२ हजार ४२० रुपैया समेत बरामद गरेको प्रहरी नायब उपरिक्ष मिन बहादुर घलले बताए।  

श्रोत अनुसार हथिहवा दोहनीमा रहेको प्रहरी चौकीले लाइन लिएर उक्त जुवा खेलाउदै आएका थिए। जुवा खेलाउने घर धनी महेश बनिया समेत पक्राउ परेका थिए। सो खालबाट भारतको सिद्धार्थ नगरका बिनोदकुमार गुप्ता अब्दुल्ला मुशलमान रामु जैसवाल सोनु चौधरी बसिउल्ला मुसलमान अब्दुल हसन मुसलमान पक्राउ परेका थिए।  

यस्तै स्थानीय तथा घरधनी महेश बानिया सुग्रीम यादव उमेश वानीया राजेन्द्र लोध सफिर फकिर र सन्तराम लोध समेत पक्राउ परेका थिए। फत्राउ परेकाहरुमाथी जुवा तास सम्बन्धी मुद्दा चलाइएको थियो। पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आदेश अनुसार जनही ६ हजार ५ सय धरौटी लिई तारेखमा छाडिएको प्रहरी नायब उपरिक्षक घलले बताए।  

प्रकाशित: १९ कार्तिक २०७९ ११:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App