५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

राष्ट्रपति निवासमा देउसीभैलो

राष्ट्रपतिको सरकारी निवास शितल निवासमा देउसीभैलो खेलिएको छ। सोमबार राष्ट्रपतिको निवास रहेको शितल निवासमा सांस्कृतिक संस्थानका कलाकार र बालमन्दिरका बालबालिकाहरुको टोलीले देउसीभैलो कार्यक्रम गरेको हो।

सो कार्यक्रममा राष्ट्रपति लगायत राष्ट्रपतिका परिवारको उपस्थिति रहेको थियो। दौरा, सुरुवाल र नेपाली टोपी त्यसैगरी गुन्यु चोली र सारिको पहिरनमा सजिएका देउसे टोलीले परम्परागत शैली झल्कने देउसीभैलो भट्याएर खेलेको हो। टोलीले मादलको साथमा देउसीको बिचबिचमा सांगीतिक झाँकी मिसाउँदै देउसी खेलेको थियो।

कार्यक्रममा कलाकारहरुले ‘जाग, लम्क, चम्क हे नौजवान हो’ लगायतका केही राष्ट्रप्रेमको भावना झल्किने गीतहरु पनि प्रस्तुत गरेका थिए। बालमन्दिरका बालबालिकाहरुले नृत्य पनि प्रस्तुत गरेका थिए।

देउसीभैलोसँगै प्रस्तुत भएका सबै सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले निकै चाखपूर्ण रुपले हेररेकी थिइन्। प्रस्तुतिहरु सकिएलगत्तै उनले देउसी टोलीलाई नाङलोमा राखेर दान दिएकी थिइन्।

यससँगै भैली टोलीले आशिष दिएका थिए। आशिषमार्फत राष्ट्रपति भण्डारीको उन्नति, प्रगती तथा सुस्वास्थ्यको कामना गरिएको थियो। घरमा लक्ष्मीले वास गरुन्। आगामी वर्ष पनि आउन पाउँ लगायतको आशिष थियो। आशिषमै पाएको दक्षिणाले सामाजिक कार्य गर्ने जानकारी पनि गराइएको थियो। अन्त्यमा भैली टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सामुहिक तस्बिर खिचाएर देउसीभैलो कार्यक्रम सम्पन्न गरिएको थियो।

प्रकाशित: ७ कार्तिक २०७९ ११:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App