१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दश शारीरीक अशक्तसहित ६० इजरायली पदयात्रीको टोली अन्नपूर्ण ट्रेलतर्फ प्रस्थान

अन्नपूर्ण ट्रेल पदयात्रा गर्ने लक्ष्यसहित १० शारीरीक अशक्तिसहित ६० इजरायली पदयात्रीको टोली शुक्रबार अन्नपूर्ण ट्रेल तर्फ प्रस्थान गरिसकेको नेपाल स्थित इजरायली दुतावासले जनाएको छ।

नेपाली टुरिज्म प्रवर्द्धन गर्ने लक्ष्यसहित १० अपाङसहित ६० इजरायली पदयात्री टोली बुधबार नेपाल आइपुगेका हुन्। दुतावासकी सूचना अधिकृत रेशमा जोशीले पदयात्रामा रहेका शारीरीक अशक्त पदयात्रिहरुको कम्मर मुनिका भाग नचल्ने भएकोले उनीहरु ह्विीलचेयरको सहायतालेनै ट्रेकिङ गर्ने जनाइन्।

‘उनीहरुको सहयोगमा इपिएसए नेपाल (अपाङता केन्द्र नेपाल) को प्रतिनिधिहरुले पनि यस अभियानमा साथ दिएर सँगै जानु भएको छ,’ अधिकृत जोशीले भनिन् ‘इजरायल र नेपालको निकै पुरानो सम्बन्ध छ। यसले पनि वर्षेनी सयौंको सख्यामा इजरायलीहरु नेपाल भ्रमणमा आउने गर्नु भएको छ।’ उनले थपिन् ‘यसपटक त नेपालालाई माया गर्ने शाररीक अशक्त इजरायली पदयात्रीहरु समेत आउनु भएको छ। यो हामी नेपालीको लागि निकै गर्वको विषय हो। यसले नेपालको सुन्दरता विश्वमै प्रसिद्ध हुँदै गएको बुझिएको छ।’

वदयात्रीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पराष्ट्रमन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरुले गर्वसाथ स्वागत गरेका थिए। नेपालको लागि इजरायली राजदूत हनान गोडर पदयात्रीहरुलाई सफल यात्राको शुभकामना दिएका थिए।

‘यस्ता साहसी गतिविधिमार्फत् इजरायली प्रतिनिधि मण्डलले प्रेरणा र मावेशीको सन्देश पठाउन सहयोग गर्नेमा हामी आशावादी छौं,’ राजदूत गोदरले भने ‘नेपालका सुन्दर हिमाल पदयात्राका लागि भौतिक चुनौतीले सिमा तोक्नु हुँदैन। यस्ता पदयात्राले नेपाली र इजरायलीबीचको सम्बन्ध प्रगाढ गर्छ। साथै दुबै देशको टुरिज्म प्रवर्द्धनमा सहयोग पुग्छ।’

दूतावासले सबै पदयात्रीहरुलाई सफल यात्राको कामना गरेको छ। राजदूत गोदरले नेपाल प्राकृति स्रोतको धनी र यहाँका विश्वप्रसिद्ध हिमालहरुलेनै इजरायत्री पदयात्रीहरुलाई आकर्षण गरेको जनाए।

प्रकाशित: ४ कार्तिक २०७९ १२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App