५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

उदयपुरका आधादर्जन प्रहरी पुरस्कृत

एसपी फुयालबाट पुरस्कार लिदै सई गंगाराम राई।

उदयपुरमा कार्य गरेवापत आधादर्जन प्रहरी कर्मचारी पुरस्कृत भएका छन्। वर्षभरी राम्रो काम गरेको आधारमा कार्य सम्पादन मूल्यांकनमा परेका उनीहरुलाई प्रोत्साहन स्वरुप सोमबार आयोजित ‘६७औं प्रहरी दिवस’को अवसरमा पुरस्कार तथा सम्मान गरिएको हो।

पुरस्कृत हुनेमा प्रहरी नायव निरीक्षक (सई) गंगाराम राईदेखि जवान बिनिता हेल्मुसम्म ६ जना छन्। सई राई र अर्का पुरस्कृत प्रहरी सहायक निरीक्षक (असई) घनश्याम पोखरेल जिल्ला प्रहरी कार्यालयमै कार्यरत हुन्। त्यस्तै इलाका प्रहरी कार्यालय बेलटारमा कार्यरत प्रहरी हवल्दार शौरभकाजी थापा र इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलामा कार्यरत अर्का हवल्दार नवराज भुर्तेल पनि पुरस्कृत भए। इलाका प्रहरी कार्यालय कटारीका सहायक प्रहरी हवल्दार निरन्ज्ञन दनुवार र जिल्ला प्रहरी कार्यालयकै जवान बिनिता हेल्मु पनि पुरस्कृत भएका छन् ।

वर्षभरी उत्कृष्ट कार्य गरेवापत उनीहरुलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राकेशकुमार पोदारले बताए। उनीहरुलाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयाललगायत अतिथिहरुले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।

त्यसैगरी यसवर्षको विद्यालय शिक्षा परीक्षा (एसइइ) मा उत्कृष्ट अंक ल्याउने अमर प्रहरी र कार्यरत प्रहरी परिवारका दुई विद्यार्थी पनि कार्यक्रममा पुरस्कृत भएका छन्। पुरस्कृत हुनेमा अमर प्रहरी परिवारतर्फ शौरभ कार्की र कार्यरत प्रहरी परिवारतर्फ समीरकुमार श्रेष्ठ रहेका छन्। कार्की स्व. सई श्यामबहादुर कार्कीका छोरा र श्रेष्ठ कार्यरत प्रहरी हवल्दार श्रवण श्रेष्ठका छोरा हुन् ।

जिल्ला प्रहरी कार्यालय प्रांगणमै आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बिनोद पोखरेल, सशस्त्र प्रहरी बल ५ नं. हेडक्वाटर गाईघाटका प्रमुख एसपी कृष्णराज अधिकारी, राष्ट्रिय अनुसन्धान कार्यालय उदपयुरका उपनिर्देशक बिमल घिमिरे र नेपाली सेना बोक्से ब्यारेकका सेनानी हरी बोगटी तथा अमर प्रहरी, कार्यरत प्रहरी परिवार र जनप्रतिनिधि, बिभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख र प्रतिनिधिलगायतको उपस्थिति थियो।

प्रकाशित: ३१ आश्विन २०७९ ११:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App