६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

महाकाली नदीबाट अवैधरुपमा बालुवा उत्खनन

फाइल तस्बिर

बैतडीमा महाकाली नदीबाट अवैधरुपमा बालुवा उत्खनन भइरहेको पाइएको छ।

दशरथचन्द नगरपालिकाले टेण्डर आह्वान गरेर निश्चित कम्पनीलाई तोकिएका मापदण्डअनुसार नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिएको भए पनि महाकालीमा अवैध उत्खनन बढ्दै गएको पाइएको हो।  

महाकालीबाट अवैधरूपमा बालुवा ल्याउँदै गरेको ट्र्याक्टर प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ। महाकाली नदी किनारबाट अवैधरुपमा बालुवा उत्खनन गरेर ल्याउँदै गरेको ट्र्याक्टर दशरथचन्द नगरपालिका–८ त्रिपुराबाट नियन्त्रणमा लिइएको हो।  

से २ त २९३७ नम्बरको ट्र्याक्टरमा बालुवा ल्याउँदै गरेको अवस्थामा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको अनुगमन टोलीले फेला पारेको थियो। सोधपुछ गर्दा महाकालीबाट अवैधरुपमा बालुवा उत्खनन गरेर ल्याएको पाइएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। चालकलाई सामान्य सोधपुछ पछि छोडिएको छ।  

ट्र्याक्टर धनीलाई बोलाएर बालुवा उत्खननका विषयमा सोधपुछ गरेर आवश्यक कारवाही हुने प्रहरीले जनाएको छ। महाकाली नदी किनारबाट अवैधरुपमा बालुवा तथा अन्य नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ। रासस

प्रकाशित: ३१ आश्विन २०७९ ०७:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App