१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

डिजाइन विपरितका डिभाइडर बन्द गरिने

रानी–इटहरी सडकखण्डमा डिजाइन विपरित खुल्ला गरिएका डिभाइडर बन्द गर्ने निर्णय गरिएको छ। आइतबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको सडक सुरक्षा सम्बन्धि छलफलले स्वीकृत डिजाइन भएको स्थानमा बाहेक अन्यत्र खोलिएका डिभाइडरहरू बन्द गर्ने निर्णय गरेको हो।

जथाभाबी खुल्ला गरिएका डिभाइडरले दुर्घटनाको जोखिम बढाएकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताए। बैठकले सडकको सरसफाइ, बगैँचा निर्माण, निर्माण भइसकेको बगैँचाको संरक्षण गर्ने निर्णय पनि गरेको छ। विराटनगर महानगरपालिकाभित्र ट्राफिक व्यवस्थापन र पार्किङलाई व्यवस्थि तगर्ने निर्णय पनि बैठकले गरेको  छ।

बैठकले ६ लेनको डिभाइडर व्यवस्थापनका लागि इन्जिनियर प्रियङ्का झाको संयोजकत्वमा तीन सदस्सीय कार्य सञ्चालन समिति गठन गरेको छ। जसमा ट्राफिक प्रहरी इनिक्पेटर राजकुमार कार्की र विराटनगर महानगरपालिका वातावरण इन्जिनियर सुदीक्षा कार्की सदस्य सचिव रहेका छन्। बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: ३० आश्विन २०७९ १२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App