२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लेबल नभएका तीन उद्योग सिल

पूर्वी सुर्खेतमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले बजार अनुगमन गर्दै। तस्विर: नागरिक

सुर्खेतमा लेबल नलगाएर उत्पादन तथा विक्री गर्ने तीन वटा उद्योग सिल गरिएको छ। अनुगमनका क्रममा पटक पटक सचेत गराउँदा समेत पालना नगरेपछि तीन वटा उद्योगहरु सिल गरिएको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले अनुगमनका क्रममा चाउमिन तथा बेकरी उद्योग सिल गरेको छ। सुर्खेतको पूर्वी भेकका बजारहरु अनुगमनका क्रममा उद्योग सिल गरेको हो। भेरीगंगा र गुर्भाकोट नगरपालिकाकाका विभिन्न बजारहरु अनुगमनका क्रममा विगतमा दिएको निर्देशन पालना नगरेका उद्योगहरु सिल गरिएको जनाईएको छ। कार्यालयले विगतमा दिएको निर्देशन पालना नगर्ने, उद्योगहरुले विना लेबलका चाउमिन तथा बेकरीजन्य वस्तुहरु उत्पादन तथा विक्री वितरण नरोकिएका कारण उद्योग सिल गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यायका प्रमुख भेष बहादुर थापाले बताए। 

उनका अनुसार उद्योग सिल हुनेहरुमा भेरीगंगा नगरपालिकामा शिवशक्ति चाउमिन उद्योग छिन्चु र एभरेष्ट बेकरी उद्योग जहरे रहेका छन्। उनीहरुको उत्पादन तथा विक्री वितरणमा पूर्ण रुपमा बन्द हुने जनाईएको छ। त्यस्तै गुर्भाकोट नगरपालिकामा रहेको सीता चाउमिन उद्योग पनि सिल गरिएको छ। मापदण्ड विपरित उत्पादन तथा विक्री वितरण गरेको भन्दै सिल गरिएको जनाईएको छ।

सिल भएको उद्योगहरुले कार्यालयले दिएको निर्देशन अनुसार आवश्यक प्रक्रिया पुरा गरेपछि मात्र संञ्चालन गर्न दिईने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले जनाएको छ। कुनै अटेरी गरी आफुखुशी ती उद्योगले उत्पादन तथा विक्री वितरण गरेको पाईए कानून बमोजिम थप कार्वाही प्रकृया बढाईने कार्यालय प्रमुख थापाले बताए।

प्रकाशित: ३० आश्विन २०७९ ११:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App