१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

पटका र इलेक्ट्रिक सामान बरामद

भारतबाट चोरी तस्करी गरेर ल्याउँदै गरेको पटका (आतिसबाजी) र इलेक्ट्रिक सामान प्रहरीले बरामद गरेको छ। तिहारमा झिीमिली बत्ती र पटका धेरै बिक्रीवितरण हुने भएकाले चोरी तस्करी गरेर भित्राउँदै गर्दा विराटनगर र रंगेलीबाट प्रहरीले बरामद गरेको हो।

तिहार नजिकिँदै गइरहेका बेला मोरङका विभिन्न स्थानमा भारतबाट धमाधम पटका भित्राउँन थालिएकाे छ। तिहारमा पटकाजन्य विष्फोटक पदार्थको कारोबार राम्रो हुने गरेको छ। कारोबारमा संलग्नले भारतबाट अवैध तरिकाले पटका भित्राएर बिक्री गर्ने गरेका छन्। नेपालमा पटका तिहार र छठ पर्वमा बढी प्रयोग हुन्छ। पटकाको ओसारपसार र कारोबारलाई नेपालको कानुनले निषेध गरिएको छ।  

रंगेली नगरपालिका–४ चोप्राहा नाका हुँदै भित्राइएको २ लाख ७२ हजार रूपैयाँ बराबरको पटका बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार विभिन्न प्रकारका पटका १ सय ७ बण्डल बरामद गरिएको छ।  

त्यस्तै भारतबाट भन्सार छली गरेर इलेक्ट्रिक सामान ल्याउँदै गरेको सूचनाका आधारमा विराटनगर–१२ मा को १ च ३१७८ नम्बरको भ्यानलाई रोकेर चेक गर्दा ५ लाख ७७ हजार मूल्य बराबरको इलेक्ट्रिक सामान र पटका फेला परेको डिएसपी श्रेष्ठले बताए। उनका अनुसार इलेक्ट्रिक सामान, पटका र भ्यानसहित चालक विराटनगर–१५ का ३९ वर्षीय धनकुमार भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ आश्विन २०७९ १०:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App